प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

157

 

काठमाडाैं ।  अमेरिकी स्टेट पार्टनसीप प्रोग्राम (एसपीपी)को ९ कम्युनिष्ट पार्टीहरूले विरोध गरेका छन् । मंगलवार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले एसपीपीको विरोध गरेका हुन् ।

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, कञ्चन नेतृत्वको नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल, ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा, नेकपा (माओवादी समाजवादी), नेकपा (मसाल) केसस र जनसमाजवादी मञ्च नेपालले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न सरकारसँग माग गरेका छन् ।

‘सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब र हस्तक्षेपको घोर विरोध एवम् भर्त्सना गर्दछौं र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनीहरूले नेपाली सार्वभौमिकताको रक्षाका लागि देशभक्तिपूर्ण आन्दोलनमा अगाडि आउन सबैलाई आह्वानसमेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here