सानो सामान बिग्रँदा पनि मेसिनै काम नलाग्ने भनेर थन्काएर राख्ने गरिएको भन्दै उनले बुधवार एक कार्यक्रममा भने‘ब्रुमर बिग्रियो भन्नुभयो। तर ब्रुमरको सानो पाइप मात्रै बिग्रिएको रहेछ। आजदेखि रेडी भइसक्यो।’
उनले कर्मचारीहरूको कामको निगरानीका लागि हरेक कर्मचारीको कोठामा सिसिटिभी जडान गरिएको जनाए ।
‘अब गाडीहरू पनि कर्मचारीले मर्मत गर्न पाउँदैनन्। महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै मर्मत गर्छ,’ उनले भने,‘कर्मचारीले मर्मत गर्दा तेल र सामान चोरी हुने गरेको देखियो।’
तीन लाखमै बन्छ प्लान्ट
शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट बिग्रिएको र मर्मत गर्न धेरै खर्च लाग्ने दाबी गरे पनि त्यो २-३ लाखमै मर्मत हुने समेत बताएका थिए। उनले सो मेसिन मर्मत गर्न करोडौँ नलाग्ने बताए।
‘त्यो मेसिन मर्मत गर्न करोडौँ लाग्ने रहेनछ, २-३ लाखमै मर्मत हुने रहेछ,’ उनले भने।


















