थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

68

काठमाडौं ।  नेपालमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।   गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणका क्रममा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।   एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ९१४ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

१ हजार ८६२ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा २० जना र २ हजार ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो। एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।   गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १० जना कोरोना संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार देशभर हाल १२० जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here