सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम

131

कपिलवस्तु । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश श्रम रोजगार तथा यातायात व्यवस्थापन मन्त्रालयले सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ मा भएको सचेतना अभिबृद्धि कार्यक्रममा ५० सवारी चालकहरूलाई सहजीकरण गरिएको थियो ।

नयाँ सवारी चालकहरूलाई सवारी नियम कानुनको विषयमा ज्ञान नभएको हुँदा दुर्घटना हुने जोखिम देखिएकोले सचेतना मूलक प्रशिक्षण गरिएको मन्त्रालयका उप–सचिव तारा ज्ञवालीले बताईन ।

दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका बिषयमा चालकलाई सचेत बनाई जिम्मेवारी बोध गराउन ‘सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम’ गरिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दलराम टमटाले बताए । तिब्र गतिका कारण सबैभन्दा बढि दुर्घटना हुने हुदा गाडीको गति सिमित राखी ट्राफिक नियमको पालना गरि सवारी साधन चलाउनु पर्ने टमाटाले बताए।

दुर्घटना बाजा बजाएर नआउने भएकाले सचेतना नै दुर्घटना न्युनिकरणको उपाय भएको बताउंदै कार्यक्रमले चालकलाई सचेत र जिम्मेवार वनाउनुका साथै यात्रामा सहज वातावरण निर्माण गर्ने लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक हुमानान्द खनालले बिश्वास ब्यक्त गरे । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दलराम टमटा, इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक शशीधर शर्मा, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक हुमानन्द खनालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा टिप्पर, अटो रिक्सा, जिप, ट्याक्टरका सवारी चालकको उपस्थिति रहेको थियो । सहजीकरणले सवारी चलाउँदा प्रयोग गर्ने लेन (बाटो), सवारी दुर्घटना सम्बन्धी नियम कानुन, नेपालमा सवारी दुर्घटनाको अवस्था, बढी सवारी दुर्घटना हुने कारणको विषयमा जानकारी भएको सवारी चालक दधिराम कंडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here