अहिले देशभर ३ सय ३३ जना सक्रिय सङ्क्रमित

93

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परीक्षणमा ३९ र एन्टिजेन परीक्षणमा १४ गरेर ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

२४ घण्टामा ११ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ३९ र र ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि मन्त्रालयले सार्वजनिक गरेको हो।

अहिले देशभर ३३३ जना सक्रिय सङ्क्रमित छन्। २४ घण्टामा ४७ हजार ४४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here