धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न

148

‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न कमल राईको निर्देशन रहेको ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न ऐतिहासिक नगरि पाल्पाको रानीमहलमा ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न ‘माया लाउदै जाउ’ बोल रहेको गीतको भिडियोको छांयाकन सम्पन्न गरिएको छ ।

गीत सुमधुर स्वरका धनी वरिष्ठ गायक गायिका आनन्द कार्कि र साधना सरगमको स्वरले सजिएको छ । भिडियो नेपाली चलचित्र जगतमा ३ दशक भन्दा बढी न्रित्य विधामा संलग्न भई निरन्तर योगदान पुर्‍याईरहेका वरिष्ठ नृत्य निर्देशक कमल राईको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो । नेपालको बहुचर्चित ऐतिहासिक नगरि पाल्पाको बहुचर्चित रानी महल र बतासे डांडा लगायतका स्थलमा छांयाकन सम्पन्न गरिएको उकत भिडियोमा चर्चित लोकप्रिय सदाबहार एक्सन नायक धिरेन शाक्य र मोडेल मञ्जु थापाको अभिनय तथा भरपुर रोमान्स देख्न सकिनेछ ।

भिडियोमा उत्तम हुमागाईको सिनेम्याटोग्राफी, ड्रोन अपरेटिङ सौगात धिताल, ध्वनी संयोजन सुरज बास्तोला कोरियोग्राफी सुमित गुरुङ र मेकअप आर्‍या गुरुङको रहेको छ । राजेश महर्जनको प्रोडक्सन म्यानेजमेन्ट र अशोक महर्जन सागर महर्जनको स्थल व्यवस्थापन रहेको उक्त भिडियो दर्शकहरुले छिट्टै नै हेर्न पाउनु हुने र मनपराउनु हुने कुरामा वरिष्ठ नृत्य निर्देशक राई ढुक्क हुनुहुन्छ ।

अझै यसपालीको अरु समयभन्दा लोकेशनले गर्दा भिडियोमा अझै सुनमा सुगन्ध थपिएको र अनुभवी दिग्गज कलाकारहरुसंग काम गर्न पांउदा खुशी लागेको कुरा प्रोडक्सन म्यानेजमेन्ट हेर्नु भएका वरिष्ठ प्राविधिक राजेश महर्जनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here