अपडेट : रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

88

रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जानकारी प्राप्त भएकाे छ ।

उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका तीन जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले  जानकारी दिनुभयो।

सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी गाउँपालिका–१ लुभु घाटमा दुर्घटना हुँदा ९ जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । दुर्घटनामा परी २६ जना घाइते भएका थिए। दुर्घटनमा परी गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here