काठमाडौँ नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार ५ सय रुपैयाँमा झरेको छ।
चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।


















