तालिवान सरकारका सर्वोच्च नेता हैबातुल्ला अखुन्जादाले अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेनेता हैबातुल्ला अखुन्जादाले अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताएका छन्।
उनले भने, ‘हाम्रा छिमेकी राष्ट्र, क्षेत्रीय संगठन र विश्व समुदायलाई आश्वासन दिन्छौँ कि अरू देशहरूको सुरक्षालाई खतरामा पार्न कसैलाई पनि आफ्नो इलाका प्रयोग गर्न दिनेछैनौँ। साथै, हामीले अन्य देशहरूले पनि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरून् भन्ने चाहन्छौँ।’
अखुन्जादाले वार्षिक मुस्लिम पर्व ईद अल(आदाको पूर्व सन्ध्यामा दिएको बधाई सन्देशमा बताएका छन्।
तालिवान नेताले भने, ‘आपसी अन्तर्वार्ता र प्रतिबद्धताको परिधिभित्र रहेर हामी अमेरिकालगायत विश्वसँग असल, कुटनीतिक, आर्थिक र राजनीतिक सम्बन्ध चाहन्छौँ र यसलाई हामी सबै पक्षको हितमा विचार गर्छौँ।’
अफगानिस्तानले जुलाई ९ मा पूर्णचन्द्रोदयको दृष्यलाई दर्शन गरेपछि ईद अल(आदा मनाउँदै छ।
गत अगस्टमा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि वासिङ्टनले तालिवानले चलाएको प्रशासनमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको नौ अर्ब अमेरिकी डलरभन्दा बढी रकम रोक्का गरेको छ।
युद्धग्रस्त मुलुकको अर्थतन्त्रमाथि नै खलल पर्ने गरी विदेशमा रहेको अफगानी मुद्रा रोक्का गरिएपछि अहिले अफगानिस्तानले व्यापक आर्थिक अभाव झेल्दै आएको र तालिबान प्रशासनलाई अफगानीहरूले सामना गरिरहेका सबै समस्याहरूबारे जानकारी रहेको अखुन्जादाले बताए।
‘अर्थतन्त्र बलियो बनाउनु, मुलुकको पुनःनिर्माण गर्नु र बाँकी रहेका समस्याहरू हटाउनु हामी र हाम्रो राष्ट्रको साझा जिम्मेवारी हो। सबै जायज कुरामा मिलेर काम गरौं, एकले अर्कालाई सहयोग गरौं र यो देशलाई समृद्ध बनाऔँ’
उनले भने।


















