निरन्तर परेको बर्षासँगै शनिबार पनि देशभर मनसुनी सक्रिय हुने

53

काठमाडौं । निरन्तर परेको बर्षासँगै शनिबार पनि देशभर मनसुनी सक्रिय हुने भएको छ । मनसुनी वायुको सामान्य प्रभाव रहेकाकारण देशका पुर्वी क्षेत्रमा सामान्य बर्षा हुने छ । यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पुर्वनुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र एक– दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ र बाँकी भू–भागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार देशका पहाडी भू-भागमा सामान्य देखी पूर्ण  बदली रहनेछ र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरूका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here