नेप्से सूचकमा ७७.०१ अंकका दरले घट्याे

86
काठमाडौं  । सेयर बजार सोमबार दबाबमा आएको छ । नेप्से सूचक लगातार तेस्रो दिन पनि घटेपछि लगानीकर्ताहरु निराष बनेका छन् । यस दिन नेप्से सूचक ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा बन्द भएको छ । सेयर कारोबार रकम पनि २ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । ३ दिनको अन्तरालमा सूचक १२० अंक भन्दा बढीले घटेको छ । आर्थिक वर्षको अन्त्य नजिकिँदै गएपछि सेयर बजारमा दबाब परेको विश्लेषण गरिएको छ ।
फिस्कल क्लोजिङको समय भएकाले लगानीकर्तामा पनि साँवा–ब्याज तिर्ने चटारो सुरु हुने गर्दछ । जसको प्रभाव सेयरमा पनि पर्दै आएको छ । यस्तै, लगानीकर्ताहरु अहिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । लगानीकर्ताहरुमा कस्तो मौद्रिक नीति आउँछ भन्ने चासो बढेर गएको छ । लगानीकर्ताहरु सेयर बजारमैत्री मौद्रिक नीति चाहन्छन् । सेयर धितो कर्जामा कायम रहेको ४–१२ करोडको सीमा हटोस् भन्ने चाहन्छन् । यद्दपि, मौद्रिक नीतिको सुझाव संकलनका क्रममा राष्ट्र बैंकका गभर्नरले भने अर्थतन्त्रको अवस्था चुनौतीपूर्ण रहेकाले मौद्रिक नीति सोही अनुसारको आउने बताएका छन् ।
यता, प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नरले मूल्य वृद्धिदर अनुमानभन्दा माथि गएको र यसलाई नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताएका छन् । ब्याजदर बढेमा सेयर बजार थप प्रभावित बन्नसक्छ । मौद्रिक नीतिलाई लिएर लगानीकर्ताहरुमा पनि अन्योलताको अवस्था सिर्जना भएको छ । जसको असर पनि सोमबार बजारमा परेको अनुमान गरिएको छ । यद्दपि, लगानीकर्ताहरुले भने घटबढलाई बजारको सामान्य नियमका रुपमा लिँदै रणनीतिक हिसाबले गर्नु राम्रो हुनजान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here