किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट

71

काठमाडाैं । आइएमई पे र मेरो किरानाबिच छुटसम्बन्धी सम्झौता भएको छ। मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरिएको हो।

‘मेरो किराना’को वेबसाईट अथवा एपबाट किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एकपटकमा अधिकतम ३०० रुपैयाँसम्म) प्राप्त गर्न सक्ने बताइएको छ।

ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६०० रुपैयाँसम्मको छुट पाउन सक्ने आइएमई पेले जनाएको छ। आइएमई पे र मेरो किरानाको सो सम्झौतापश्चात नेपालीलाई डिजिटल प्रविधि प्रयोगमा थप सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here