काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार विहीबार सुनको भाउ तोलामा ३०० रूपैयाँले बढेर ९४ हजार ६०० रूपैयाँ पुगेको छ ।
गत आइतबारयता लगातार ओरालो लागेको सुनको भाउ आज बढेको हो । गत आइतबार तोलाको ९४ हजार ८०० रूपैयाँ तोकिएको सुन निरन्तर घटेर बुधबार ९४ हजार ३०० रूपैयाँ कायम भएको थियो । यस दिन चाँदीको मूल्य पनि बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेर १ हजार १८० रूपैयाँ कायम भएको छ ।
विहीवार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश १ हजार ७२३.६७ डलर रहेको छ । यस दिन १ अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ७२ पैसा रहेको छ ।


















