नेपालस्थित जापानी राजदूतावासले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएअनुसार करिब ७२ हजार अमेरिकी डलर मूल्यको सो एम्बुलेन्स पहाडी कच्ची बाटोमा पनि गुड्नसक्ने फोर–ह्वील–ड्राइभ क्षमताको रहेको छ ।
राजदूतावासका उपप्रमुख तामुरा ताकाहिरोले एम्बुलेन्स हस्तान्तरण समारोहमा यस सुविधाका कारण त्यस क्षेत्रका नागरिकको उपचारमा योगदान पुग्ने धारणा राख्नुभयो । ‘यस प्रकारको सेवाबाट दुवै देशका नागरिकबीच सद्भाव अभिवृद्धि हुनेछ’ तामुराले भन्नुभएको छ ।
जापानको जीजीपी परियोजनाअन्तर्गत यो सुविधा प्राप्त भएको हो । परियोजनाले सन् १९९१ देखि जनस्तरको सेवाका लागि सहयोग गर्दैआएको छ ।


















