नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६४ करोड २६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज १७ करोड ८० लाख भन्दा बढीको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसुचकमध्य २ उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा सेन्ट्रल फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आइसीएफसी फाइनान्स ऋणपत्र र किसान लघुवित्तका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।

















