आज सुनको भाउ बढ्याे

80
facebook sharing button

 काठमाड ।  साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ । बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेर कारोबार भएको सुनको भाउ शुक्रबार पनि प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार भने ९४ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, तेजावी सुन बिहीबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज बढेर ९४ हजार १०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर एक हजार २२० रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here