बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने मन्त्रीको कामप्रति एमाले आपत्ति

75

काठमाडौं । बलात्कार आरोपी कृष्ण गिरी (सिद्धबाबा) को धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।

शुक्रबार संसदको विशेष समयमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीको सिद्धबाबाले पशुपतिमा लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएकी हुन्।

‘बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने सरकारका मन्त्री र महान्यायाधिवक्ताको कामप्रति नेकपा एमाले आपत्ति जनाउँछ। यसले पीडितलाई निकै ठूलो मनोवैज्ञानिक असर पुर्‍याउँछ,’ उनले भनिन्।

पशुतपतिनाथ परिसरमा सिद्धबाबालाई महायज्ञ गर्न दिन नहुने माग तुम्बाहाङ्फे गरेकी छन्। बलात्कार मुद्दाका आरोपी सिद्धबाबालाई साधारण तारिखमा छोड्ने न्यायाधीशमाथि छानबिन हुनुपर्ने पनि उनको माग  छ।

‘बलात्कारका आरोपीलाई साधारण तारिखमा छोड्ने न्यायाधीशको कार्यकुशलतामाथि प्रश्न खडा भएको छ। यस विषयमा छानबिन हुनुपर्छ,’ उनले भनिन्। सिद्धबाबाले केही दिनअघि पशुपति मन्दिर परिसरमा महायज्ञ आयोजना गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here