विद्यार्थीको रोजाइमा सीसीआरसी

70

काठमाडाैं । विगत दुई दशकभन्दा लामो समयदेखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) कलेज भविष्यमा डाक्टर, इन्जिनियर तथा अन्य क्षेत्रमा करियर बनाउने विद्यार्थीका रोजाइको शैक्षिक संस्था हो ।
यस कलेजबाट धेरै विद्यार्थीले एमबीबीएस परीक्षामा राम्रो नतिजा ल्याएका कारण नेपालको शैक्षिक जगतमा सर्वाेत्कृष्ट ब्रान्डका रूपमा स्थापित भएको छ । निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) कलेजले आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भनेर चिनाउने गरेको छ । यो कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुन्छ । दक्ष र क्षमतावान् शिक्षक तथा व्यवस्थापकीय टिमका कारण नै काठमाडौँका अन्य कलेजको दाँजोमा सीसीआरसी अब्बल रहँदै आएको छ । सीसीआरसी कलेजमा अध्ययन गरेका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट क्षेत्रमा स्थापित भएका छन् । सीसीआरसी राष्ट्रियस्तरमै दक्ष तथा विज्ञ जनशक्ति उत्पादन गर्ने पहिलो कलेजको रूपमा स्थापित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here