हिमालयन हाइड्रोपावरको सेयर खुला हुन सकेन

66
काठमाडौं ।  हिमालयन हाइड्रोपावर कम्पनीको सेयर कारोबार आइतबार खुला हुन सकेन । स्पेसल प्रि ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो । यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था रहेको छ । अब सोमबार अर्डर म्यच भएमा मात्र हिमालयनको नियमित कारोबार खुल्नेछ ।
हिमालयनको चुक्ता पुँजीका आधारका कायम १ करोड ९ लाख ५० हजा कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकरण भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसा तोकेकोे छ । सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । ‘एचएचएल’ संकेतमा यसको कारोबार खुला हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here