१०० औं पटक रक्तदान दिने समुन्द्र तण्डुकार सम्मानित

163

काठमाडाैं । कामपा वडा नं. २८ बागजार आरधना कम्प्लेक्समा  १०० औं पटक रक्तदान गर्नु हुने  समुन्द्र तण्डुकारलाई श्रावण २१ गते  भएकाे रक्तदान कार्यक्रममा सम्मान गरिएकाे छ ।

लायन्स क्लव ककनी काठमाडौं, लियो क्लव ककनी काठमाडौंको आयोजनामा नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघ, इच्छुमती टोल सुधार समिति, इच्छुमती व्यायाम मन्दिर तथा क्लव २८ बागबजारको सह आयोजनामा रक्तदान  गरिएकाे कार्यक्रममा ३० जना रक्त दाताले रक्तदान गरिएकाे थियाे ।

इच्छुमति टोल सुधार समिति २८ का अध्यक्ष श्री इन्द्र रत्न बज्राचायको सभापतित्वमा, प्रमुख अतिथिहरु प्रतिनिधि सभा सदस्य तथा पुर्व रक्षा मंत्री भिमसेन दासप्रधान, २८ वडाका अध्यक्ष  भाइराम खड्गी, अतिथिहरु गर्भनर मनिश्री रत्न बज्राचार्य डिस्ट्रिक ३२५ एल नेपाल, नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेलकाे उपस्थिति रहेकाे थियाे ।

सो सम्मान कार्यक्रममा २८ वडाका वडा सदस्य, स्थानिय टोलबासीहरुको समेत रक्तदान कार्यक्रममा सहभागी भएका थिए भने प्रमुख अतिथि भिमसेन दास प्रधानले रक्तदान सम्बन्धी धारणा व्यक्त गरी रक्तदान गर्नुहुने महानुभावहरुलाई प्रमाणपत्र वितरण गर्नुभइ १०० औं पटक रक्तदान गर्नुहुने समुन्द्र तण्डुकारलाई दोसल्ला ओढाइ अतिथिहरुवाट सम्मान गर्नु भएको थियो  ।

कार्यक्रममा काठमाडौं महानगर पालिका २८ वडाका निर्वाचित अध्यक्ष भाइराम खड्गी समेत जनप्रतिनिधिहरुलाई पनि सोही कार्यक्रममा खादा ओढाई बधाई तथा सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here