काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
जसमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
त्यस्तै, साेही समयमा २ जनाको मृत्यु भएको छ ।


















