एकैदिन ९३४ जना कोरोना संक्रमित थपिए

184

काठमाडौं । पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण भएको छ ।

५३५१ जनामा गरिएको परीक्षणमा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

अहिले देशभरि ५६८६ जना सक्रिय संक्रमित छन् । यस्तै, ४७० जना भने कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here