उपेश महर्जन उपाध्यक्षसहित प्रेस सेन्टरमा ६१ सदस्यीय पदाधिकारी चयन

129

काठमाडौं ।  प्रेस सेन्टर नेपालले केन्द्रीय समितिमा ६१ सदस्यीय पदाधिकारी सर्वसम्मतिले चयन गरेको छ। सेन्टरको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले सर्वसम्मतिमा पदाधिकारी चयन गरेको छ। मङ्सिर १९ गते चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’लाई सर्वसम्मतिमा चयन गरी पदाधिकारी बाँकी राखेको थियो।

सेन्टरको वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन हुनुभएको छ । समावेशी उपाध्यक्षमा गोरखापत्रका उपेश महर्जन र सुरेश यादवसहित प्रदेशअनुसार २० जना उपाध्यक्ष चयन हुनुभएको छ।

महासचिवमा सन्तोष पौडेल चयन हुनुभएको छ। छ जना खुला र चार जना समावेशीसहित १० जना उपमहासचिव चयन हुनुभएको छ। समावेशी जनजातितर्फबाट गोरखापत्रका राजेश चाम्लिङ उपमहासचिव चयन हुनुभएको छ । यस्तै, १५ जना खुला सचिव चयन हुनुभएको छ भने १२ जना समावेशीतर्फबाट सचिव हुनुभएको छ।

आदिवासी जनजाति, दलित, महिला, मधेसी समुदायबाट दुई–दुई जना सचिव रहने विधानमा व्यवस्था छ। अल्पसङ्ख्यक सचिवमा गोरखापत्रका बाँके समाचारदाता सिराज खान चयनु हुनुभएकाे छ । यस्तै, अपाङ्गता, अति विकट कर्णाली र अति विकट सुदूरपश्चिमबाट एक–एक जना सचिव रहने व्यवस्था विधानमा छ। त्यस्तै, कोषाध्यक्षमा डिल्ली महत र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन हुनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here