नेपाली राजदूत र पाकिस्तानका राष्ट्रिय सभा सदस्य अलामबीच भेटवार्ता

198

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तपश अधिकारी र पाकिस्तानका राष्ट्रिय सभाका सदस्य तथा प्रधानमन्त्रीको विशेष सहायक रोमिना खुर्सिद अलामबीच भेटवार्ता भएको छ ।

पाकिस्तानस्थित नेपाली राजदूतावासमा हालै भएको भेटवार्तामा नेपाल पाकिस्तान कूटनीतिक सम्बन्ध, सार्क, दीगो विकास लक्ष्य (एसडीजी) लगायतका विषयमा छलफल भएको हो ।

दुवै पक्षले नेपालसँगको लाहोर र गुज्रान्वालाबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको नेपाली राजदूतावासले जानकारी दिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here