युराेकपमा स्लोभाकियाकाे जित, स्पेनले बराबरी खेल्याे

219

एजेन्सी । गए राति भएकाे भएकाे खेलमा स्लोभाकियाले पोल्यान्डलाई  पराजित गरेको छ । साे खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

समूह ‘ई’ मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाउन सफल भएकाे छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा १० खेलाडीमा समेटिएको पोल्यान्ड पराजित हुन पुगेको हो । खेलको १८औँ मिनेटमा पोल्यान्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो ।

४६औँ मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्यान्डलाई १–१ को बराबरीमा फर्काएकाे थियाे । ६२औँ मिनेटमा पोल्यान्ड १० खेलाडीमा समेटियो । पोल्यान्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । ६९औँ मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाएका हुन् ।

जितसँगै समूह ‘इ’को स्लोभाकियाले ३ अंक जोडेको छ । पोल्यान्डले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । स्लोभाकिया शीर्ष स्थानमा छ भने पुछारमा रहेको पोल्यान्डले अङ्क जोड्न सकेको छैन ।

त्यस्तैगरी उपाधि दाबेदारका रूपमा स्पेनले पहिलो खेलमा बराबरी खेलको छ । सेभियामा स्पेनले स्वीडेनसँग बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्वीडेनले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन । बराबरीसँगै समूह ‘ई’को स्पेनले १ अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा छ । स्वीडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा छ ।

युरोकप फुटबलमा आज समुह एफ का दुई खेल हुनेछन् । बेलुकी पौने १० बजे हंगेरीको बुडापेस्टमा हुने खेलमा घरेलु टोली हंगेरीले पोर्चुगलको सामना गर्दा राती पौने १ बजे जर्मनीको म्युनिखमा घरेलु टोलीलाई फ्रान्सले चुनौती दिनेछ ।युरोकप फुटबलमा समुहका पहिलो चरणका खेलहरु आजबाट सकिदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here