सानिमाले दुई करोड डलर विदेशी ऋण पायो

111

काठमाडौं । सानिमा बैङ्कले विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट दुई अर्ब ५४ करोड रुपियाँ (दुई करोड डलर) विदेशी ऋण प्राप्त गरेको छ ।

तरलता अभाव बढेपछि बैङ्कले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउने प्रयास अघि बढाएको थियो । यसरी प्राप्त ऋण बैङ्कले साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह गर्न उपयोग गर्ने जनाएको छ ।

आईएफसीबाट प्राप्त ऋणले तरलताको असहज परिस्थितिमा कर्जा प्रवाहका लागि सहजता हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here