९ लाख ४३ हजार कित्ता प्राथमिक शेयर आईपीओ निष्काशन हुने

74

घोराही सिमेन्टले प्रिमियममा ७९ लाख ४३ हजार कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट ब्यांकिङ लिमिटेडको सहकार्यमा आईपीओ जारी गर्न सम्झौता भएको छ। बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशी र घोराहीका तर्फबाट सञ्चालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

त्रिवेणी र विशाल समूहले प्रवर्द्धन गरेको घोराहीले २०६९ सालदेखि आफ्नै चुनढुङ्गा खानीबाट क्लिंकर उत्पादन गरी व्यावसायिक उत्पादन शुरू गरेको हो। कम्पनीले दाङमा सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ।

घोराही क्लिंकर उत्पादन र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमा पर्दछ। कम्पनीले सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गर्दै आएको छ।
https://www.himalkhabar.com/news/131696

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here