आजको मौसम यस्ताे छ

53

काठमाडाैं । आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले जनाएका छन् ।

मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली कमजोर भएकाले आज ठूलो पानी पर्ने सम्भावना छैन । अहिले देशका धेरै ठाउँमा पारिलो घाम लागेको छ ।

आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलिदेखि भने फेरि मनसुनी गतिविधि बिस्तारै सक्रिय हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि दिउँसो प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यस्तै, भोलि राति गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । यस्तै, पर्सि बिहीवार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी  पर्ने अनुमान रहेको मौसमविद्ले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here