भूमिहीन सुकुम्वासीहरुलाई जग्गा वितरणमा सम्झौता

104

काठमाडाैं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफु वास्तविक सुकुम्वासी र भूमिहीनहरुको हक दिलाउने प्रकृयामा अघि बढिसकेको दावी गरेका छन् ।

बिहिबार आयोगको पूर्ण वैठक पछि  कुरा गर्दै अध्यक्ष प्रजापतिले यस्तो दावी गरेका हुन् । ‘नियुक्त भएर आएपछि यहाँको विधि, प्रकृयाहरु पनि बुझ्दैछु र कार्यक्षेत्रमा पनि खटिसकेको छु । चाँडै नै केही नतिजा नै दिने योजना रहेकाे जनाए ।  आयोग काठमाडौं जिल्लाको पूर्ण वैठक बस्दै भूमिहीनलाई जग्गा वितरण सम्वन्धमा विभिन्न निर्णयहरु गरिएको जानकारी पनि उनले दिए । प्रजापतिका अनुसार आज सम्पन्न वैठकमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरीरहेकाहरुलाई जग्गा वितरणको सवालमा सम्झौता भइसकेका स्थानहरुमा आवश्यक प्रकृया अगाडी बढाउने निर्णय भएको छ ।

सम्झौता गर्न बाँकी महानगरपालिकाका साथै अन्य नगरपालिकाहरुमा पनि सम्झौता सम्पन्न गर्न आवश्यक पहल गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । वैठकमा मालपोत अधिकृत टुनाबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति अधिकृत राजेन्द्र बहादुर अर्याल, डिभिजन बन कार्यालय अधिकृत सन्त कुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयबाट तेजिन्द्र गौतम, नापी विभागबाट अधिकृत शिव प्रसाद लम्साल लगायतको उपस्थिती थियो ।

साथै  नेकपा माओवादी केन्द्रतर्फबाट समितिमा विज्ञ सदस्य योगेश पौडेल, नेपाली काँग्रेसबाट मोतिलाल लामा र नेकपा (एस) बाट शुसिला खतिवडाको पनि उपस्थिती रहेको थियो । बुधबार मात्रै पनि आयोग काठमाडाैं जिल्ला अध्यक्ष प्रजापतिले आयोग केन्द्रीय अध्यक्ष केशव निरौलालगायत केन्द्रीय सदस्यहरुसँग पनि वैठक बस्दै छलफल गरेका थिए ।

सो छलफलमा आउँदो मंसीर ४ मा हुन गइरहेको संघीय निर्वाचन अघि नै कुनै परिणाम दिने गरी योजना अघि बढाउने विषयमा छलफल भएको  जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here