श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

85

काठमाडौं । कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै वैदेशिक रोजगारी चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा विदेशिनेको सङ्ख्यामा वृद्धि भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएका हुन् । सो तथ्याङ्कमा पुनः लिएको स्वीकृतिको तथ्याङ्क समावेश छैन । विभागका अनुसार गत वर्षको साउन महिनामा २५ हजार ४२८ ले श्रम स्वीकृति लिएका थिए भने यो वर्ष ६१ हजार ६३० जनाले लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३५ हजार २०५ जना बढी छन् ।

विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजारभन्दा बढी छन् भने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्पmत ३७ हजार ६८० र व्यक्तिगत पाँच हजार ७६ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका छन् ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएको विभागका निर्देशक कृष्ण भुसालले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या छ लाख ३१ हजार २९० पुगेका थिए भने एक लाख ६६ हजार ६९८ युवाले श्रमस्वीकृति लिएका थिए । यस्तै आव २०७६/७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ ।

विभागका अनुसार नेपालको आन्तरिक सिर्जना गर्न नसकेको बेला रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारी कोभिड सङ्क्रमणका कारण दुई वर्ष सुस्त रहे पनि हाल कोभिडअघिको भन्दा बढी युवा वैदेशिक रोजगारमा जान थालेका छन् । निर्देशक भुसालले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवा पूर्ण अनलाइन हुनु र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताउनुभयो ।    गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here