कीर्तिपुरका गाइड राजेश महर्जनको श्रद्धाञ्जली सभा

258

काठमाडाैं । कीर्तिपुर नगरपालिका र दक्षिणभेगीय क्षेत्र लगायत उपत्यकाको पर्यटन सम्बद्र्धन तथा प्रवद्र्धन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राजेश महर्जनको  गुणानुस्मरण गरी तेह्रौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली  सभा कार्यक्रम गरेकाे छ ।

वि.सं. २०७० सालमा स्थापना कीर्तिपुर गाईड एसोशियसनका  कोषाध्यक्षसमेत रहेका राजेश महर्जनको गत भाद्र ३ गते तेह्रों पुण्यतिथिमा एसोशियसनका अध्यक्ष जगतनारायण महर्जनको सभाअध्यक्षतामा भएकाे  थियाे ।

साे श्रद्धाञ्जली सभा कार्यक्रममा कीर्तिपुर नगरपालिकाका  १० वडा अध्यक्ष तथा संस्कृति, पर्यटन समितिका संयोजक  नरेश महर्जनको प्रमुआतिथ्यतामा सुरु भएको कार्यक्रममा अतिथिका रुपमा कीर्तिपुर नगरपालिकाका संस्कृति, पर्यटन समितिका पुर्व संयोजक एवम् वडा २ का अध्यक्ष  रमेशमान डंगोल, ३ वडाका अध्यक्ष सुविन्द्र महर्जनलगायत एसोशियसनका निबर्तमान अध्यक्ष  रुपक महर्जन, स्व. राजेशका सुपुत्र रस्व महर्जन व एसोशियसनका सदस्य व  पर्यटनकर्मिहरुको समेत उपस्थिति रहेको छ ।

गत साउन २२ गते असमामयिक निधनकाकीर्तिपुरकाे  १० वडा,  ईछें टोलमा भएको श्रद्धाञ्जली सभामा  एसोशियसनले हालसम्म गरि आएका  पर्यटन सूचना केन्द्र संचालनमा  राजेश महर्जनको  योगदान तथा  भूमिकाको बारेमा गुणनुस्मरण गरिएकाे थियो ।

कीर्तिपुर गाईड एसोशियसनमा करिब ६ बर्षसम्म काेषाध्यक्षका रूपमा  सेवा दिएका  राजेश महर्जन  इटालियन तथा फेन्च गाइडका रूपमा कार्य गरेका थिए ।

कीर्तिपुरलाई धार्मिक, एैतिहासिक, सांस्कृतिक रूपमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न अग्रनी भूमिका खेलेका राजेश महर्जन  चार दाजुभाइमा जेष्ठसुपुत्रका रूपमा आज भन्दा पचास बर्ष अगाडि अर्थात २०२९ जन्म भएकाे थियाे । भने साउन २२ गते आइतबार असमायिक निधन भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here