अफगानिस्तानमा अगष्ट महिनामा बाढीमा परी १८० जनाभन्दा धेरैको मृत्यु भएको छ।
पछिल्लो केही सातायता अफगानिस्तानको मध्य तथा पूर्वी प्रान्तहरुमा ठूलो मात्रामा बाढीको प्रकोप फैलिएको छ। बाढीको कारण हजारौं घरहरु बगाएका छन् भने मुलुकको आर्थिक तथा मानवीय संकट पनि बढेको छ।
तालिबनका अनुसार बाढीको कारण २५० जना मानिसहरु घाइते भएका छन् भने ३१ सयभन्दा धेरै घरहरु पूर्णरुपमा ध्वस्त भएका छन्।
अफगानिस्तानमा गत जुनमा खडेरी तथा भूकम्पको कारण एक हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो।


















