खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेबाट निष्काशन

91

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो ।

उक्त कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म ११ लाख ८४ हजार ८ सय २६ जनाले १ करोड ३२ लाख ४६ हजार ५८० कित्ताका लागि आवेदन दिइसकेको सीडीएसले जनाएको छ ।

लघुवित्तले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।

कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

उक्त कम्पनीको आईपीओमा भदौ १२ गतेसम्म लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपियाँ छ । आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपियाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here