एकैदिन काेराेना संक्रमित २ सय ६९ जना थपिदा एकको मृत्‍यु

36

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन् । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here