नेपालमा काेराेना सक्रिय संक्रमित घट्दै

63

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन् ।

यो अवधिमा ३५ सय ३७ जनाको परीक्षण गरिएको थियो । तीमध्ये १३ सय ८१ जनाको पीसीआर गर्दा ९२ जनामा तथा २१ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा दुई जना संक्रमितको दुखद निधन भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ रहेको छ ।

प्रतिकृया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here