काभ्रेको नालाबाट ल्याइएको यःसि (इन्द्रध्वज) नगर भित्र्याइयाे

96

काठमाडौं। काभ्रेको नाला बाट ल्याइएको यःसि (इन्द्रध्वज) आज (आइतबार) बिहान ७ः२४ बजे नगर भित्र्याइएको छ । भदौ १३ गते सोमबार बिहान ९ः१७ बजे को साइतमा वनयात्रा गरी बेलुकी ८ः०९ बजेको साइतमा  यःसिः (इन्द्रध्वजा)का लागि वृक्ष कटन गरिएको थियो ।

नालाबाट भोटाहिटी ल्याइ पुर्‍याएको यःसिः असन, इन्द्रचोक हुदैं हनुमान ढोका दरबार क्षेत्र पुर्‍याइएको हो । विशेषतः इन्द्रजात्राको लागि ल्याइएको यःसि यही भाद्र २२ गते बुधबार बिहान ७ः१७ बजे को साइतमा इन्द्रध्वाउत्थान (उठाउने) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा शुभारम्भ हुनेछ ।

इन्द्रजात्रा भरि ठडिने यःसि (इन्द्रध्वज) भाद्र २९ गते बुधबार बेलुका ७ः३३ बजे इन्द्रध्वज पतन अर्थात् यःसिः (इन्द्रध्वजा) ढालिने छ । यो सँगै इन्द्रजात्रा समापन हुने समाचार मनोजरत्न शाहीले गोरखापत्रमा लेखेका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here