इन्द्रजात्रा जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक

112
indrajatra

काठमाडौं । इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई तयारी अवस्थामा राखिएको छ। भदौ २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज योसीः उठाएपछि विधिवत् रूपमा सुरु भएको हो। शुक्रबार २४ गते इन्द्रजात्राका दिन राष्ट्रपतिलगायतका उच्च पदस्थ व्यक्तिहरू सहभागी भई जात्रा अवलोकन गर्ने परम्परा छ।

बुधबारदेखि सुरु हुने जात्रा आठ दिनसम्म चल्नेछ। जात्रा लगिने विभिन्न रुटका बाटो बनाउने, स्वयंसेवक जुटाउने, आर्थिक स्रोत व्यवस्थापन गर्नेलगायत कार्य अन्तिम चरणमा रहेको इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्यले बताउनुभयो। “यो जात्राले उपत्यकाको पहिचान बोकेको छ, जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक हुन्छ,” शाक्यले बताउनुभयो।

जात्राको पहिलो दिन विभिन्नखाले नाच देखाउने चलन छ। यस दिन लाखे, दश अवतार, भैरव, आकाशभैरव, देवी, महाकालीलगायत नाच देखाइन्छन्। यो क्रम जात्राभर कायम रहनेछ। नाच सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा सुरु हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here