एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता

123

काठमाडाैं । एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ।

अनलाइनबाट सामान किनेर डेबिड कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार पैयाँसम्म छुट दिने बैंकले जनाएको छ।

बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ। बैंकले यस सम्झौताले दराजसँगै एभरेष्ट कार्ड वाहक ग्राहकलाई छुट्टै उत्साह थपिने विश्वास लिएको छ। बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here