आज भदौ २९ गते देखि नयाँ नोट वितरण गर्न सुरु

193

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आज भदौ २९ गते देखि नयाँ नोट वितरण गर्न सुरु गरेको छ ।

राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नोट सटही सुविधा उपलब्ध गराउने गरेको छ । दशैं तिहारलाई लक्षित गरेर १० अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट राखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने छ । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बण्डल नयाँ नोट उपलब्ध हुनेछ।

बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here