पाँचथरलाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय समथिङको निधन

51

पाँचथर । लेखक तथा साहित्यकार रामप्रकाश समथिङ (गुरुङ) को ५३ वर्षको उमेरमा निधन भएको छ । पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय समथिङको उपचारका क्रममा बिहीबार साँझ झापाको विर्तामोडस्थित बि एन्ड सी अस्पतालमा निधन भएको हो ।

अस्वस्थ भएर केही दिनअघि फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना भएका समथिङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भदौ २८ गते थप उपचारका लागि झापा पठाइएको थियो । शरीरमा अक्सिजनको कमीसँगै रगतमा प्लेटलेस र रक्तचाप कमी देखिएका उनको उपचारका क्रममा बिहीबार साँझ ५ बजे निधन भएको समथिङ फान्डेशनका अध्यक्ष रहेका गणेशमानसिंह सामुदायिक अस्पतालका सञ्चालक मंगल बेघाले जानकारी दिए ।

समथिङका राजनीति, साहित्य र उपन्याससँगै विभिन्न विधाका ५४ वटा पुस्तक प्रकाशित भएका छन् । समथिङ लेखनसँगै सामाजिक काममा पनि सक्रिय थिए । ९ हजार ३ सय ९२ दिन निरन्तर दैनिकी लेखेका उनी सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि दैनिक अध्यावधिक गर्थे । उनको संरक्षकत्वमा समथिङ फाउन्डेशन नामक संस्था दर्ता भएर सामाजिक र साहित्यिक गतिविधि चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here