लुम्बिनी सरकारले ६१ जनालाई पदक दिने घोषणा

129

बुटवल । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ६१ जनालाई पदक दिने घोषणा गरेको छ । आन्तरिक मामिमला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले पदक पाउनेहरुको नाम छनोट गरी सरकारलाई सिफारिस गरेका छन्  ।

प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरी फागुन ३ गते प्रदेश स्थापना दिवसमा पदक वितरण गर्दै आएको छ ।  प्रदेश प्रमुख जनसेवा पदक तृतीय रुपन्देहीका जनार्दन यादव (मरणोपरान्त), पाल्पाका जित वहादुर थापा घाइते० ले पाउने भएका छन् ।

मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय बांकेका डा। मोहिउद्दिन किदवाई र चितवनका डा। राजन पाण्डेले पाउने भएका छन् । यस्तै प्रदेश सेवा समर्पण पदक प्रथम दाङका डा। विकास देवकोटा,बर्दियाका पूर्णमान वली ९अपाङ्गता भएका०, गुल्मीकी सीता घिमिरे, नवलपरासी पश्चिमका मोहन पाण्डे, रुपन्देहीका पुष्पराज पाण्डे,दाङका शिव प्रसाद चौधरी, बर्दियाका टंक वहादुर गुरुङ, रुपन्देहीका डा. परवेज आलम, बाँकेकी शारदा कुमारी चौधरी र नवलपरासी पश्चिमका डा।कुन्दन कुमार सिंहले तथा प्रदेश सेवा समर्पण पदक तृतीय रुकुम पुर्वका भोग बहादुर खत्रीले पाउने भएका छन् ।

यस्तै उजीरसिंह दीप पदक द्वितीय बर्दियाका मुकुन्द प्रसाद रिजाल,बाँकेकी रन्जु के.सी.,दैलेखका हृदयेशकुमार सापकोटा,कपिलवस्तुका नविन चुदालीले तथा उजीरसिंह दीप पदक तृतीय अर्घाखाँचीका दामोदर मल्ल, पाल्पाका मदन गैरे, प्युठानका सुरेन्द्र के.सी., बाँकेका मोहन विष्टले पाउने भएका छन् ।

यस्तै समाजसेवा श्री पदक द्वितीय दाङ्गका डा। किशोर खत्री,दाङकै विमल रिजाल,दाङकै टोप बहादुर घर्ती, बाँकका मोहम्मद इरफान सिद्दिकी, प्युठानका मेघराज कक्षपति र बुटवलका खेम पुन ९मरणोपरान्त० ले तथा समाजसेवा श्री पदक तृतीय बर्दियाकी सितारानी थारुले पाउने भएका छन् ।

यस्तै प्रदेश रत्न पदक प्रथम दाङका कृष्णराज सर्वहारी, दाङकै नारायण खड्का ९पत्रकार०ले पाउने भएका छन् । प्रदेश रत्न पदक द्वितीय गुल्मीका भुपाल पोखरेल,बर्दियाका भिम प्रसाद वाग्ले रोल्पाका हरि बहादुर वली,रुपन्देहीका आशुतोष बराल,कपिलवस्तुका जीवन गिरी,रुपन्देहीका शिवनन्दन जयसवाल,रुपन्देहीकै हरिकेश यादव,दाङका गिरीराज शर्मा,पाल्पाका केशव बहादुर कार्की, दाङका पूर्ण बहादुर चौधरी ९मरणोपरान्त०,रोल्पाकी पवित्रा घर्तीमगर,कपिलवस्तुका मेघराज ज्ञवाली र दाङका जगतराम यादव तथा प्रदेश रत्न पदक तृतीय रुकुम पुर्वका कर्ण वहादुर वुढामगर,प्युठानका ध्रुव गन्धर्व,कपिलवस्तुका मनोज पौडेल, कपिलवस्तुकै टिकाराम अर्याल, दाङका शिवु खनालले पाउने भएका छन् ।

यस्तै प्रदेश प्रज्ञा पदक द्वितीय बाँकेका डा। इन्द्रवहादुर भण्डारी,गुल्मीका प्रा।डा। लक्ष्मण ज्ञवाली तथा प्रदेश प्रज्ञा पदक तृतीय नवलपरासी पश्चिमका अमिर आजम मियाले पाउने भएका छन् । यस्तै प्रजापती गौतमी पदक द्वितीय रोल्पाकी औंशी बि।क।,प्युठानकी राधा घिमिरे (मरणोपरान्त) तथा प्रजापती गौतमी पदक तृतीय बाङ्गकेकी मिना शर्माले पाउने भएका छन् ।

यस्तै दङ्गिशरण बलिहाङ्ग पदक द्वितीय रुपन्देहीका चन्द्रिका यादव ९मरणोपरान्त० तथा दङ्गिशरण बलिहाङ्ग पदक तृतीय बर्दियाका लल्लुराम थारु प्युठानका गोबर्धन थापा,कपिलवस्तुका मनोज पौडेल, रुपन्देहीका दुर्गेश यादव ९मरणोपरान्त० ले पाउने भएका आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here