पक्राउ पुर्जी जारी भएपछि व्यवसायी पोख्रेल प्रहरीबाट लुक्दै भाग्दै

64

कपिलवस्तु प्रतिनिधि
जिल्लाको शिवराज नगरपालिका चन्द्रौटाका व्यवसायी श्रृजन भन्ने टेकराज पोख्रेल उपर चेक बाउन्स अन्र्तगत मुद्धा दर्ता भएको छ । उच्च अदालत बुटवलमा मुद्धा दर्ता भई व्यवसायी पोख्रेल उपर पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । व्यवासयी पोख्रेल उपर एस.एस.सप्लायर्सका प्रतिनिधीहरुले मुद्धा दर्ता गराएका हुन् ।

पोख्रेलले दिएको ३ लाख ५० हजारको ३ वटै चेक बाउन्स भए पछि पटक पटक उनलाई सम्पर्क गर्दा उनले वेवास्ता गरे पछि बाध्य भई मुद्धा दर्ता गराईएको एस.एस.सप्लायर्सका मार्केटिंग प्रमुख नईम मोहम्मदले बताए ।

पटक पटक ४ महिना भन्दा बढी समय देखि सो रकम लिन धाउदा पनि व्यवसायी पोख्रेलले उल्टै ठुला कुरा गरेर रकम तिर्न नखोजे पछि मात्रै मुद्धा दर्ता गराईएको हो, एस.एस. सप्लायर्सका मार्केटिंग प्रमुख मोहम्मदले भने, “चेक काट्ने तर खातामा पैसा नहुने र पटक पटक साट्न जांदा पनि चेक बाउन्स भएको खबर गर्दा कुनै परवाह नगर्ने उनलाई नियम अनुसारको सजाय गराउंछौं ।”

व्यवसायी पोखरेल उपर पक्राउ पुर्जी जारी भए लगत्तै उनलाई पक्राउ गर्न चन्द्रौटा प्रहरी सक्रिय भएका छन् । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाए लगत्तै पोखरेल र उनका आफन्तहरु मुद्धा मिलाउन भन्दै विभिन्न राजनैतिक दलका नेता तथा सामाजिक अगुवाहरुसंग धाउन थालेका छन् । तर मुद्धा दर्ता भई सके पछि नियम अनुसार नै प्रक्रियामै गएर मुद्धा टुंगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी पोख्रेले अहिले प्रहरीले पक्राउ गर्छ की भन्ने डरले लुकेर हिडेका छन् ।

व्यवसायी पोख्रेल चन्द्रौटा क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् । तर आफुले तिर्नु पर्ने रकम तिर्न भने विभिन्न बाहानाबाजी गरेर उनले यस्तै खालका नसाटिने चेक दिने गरेका छन् । रकम तिर्न सक्ने भए पनि उनी रकम तिर्न खोज्दैनन् । चेक बाउन्स केसमा मुद्धा दर्ता भएर पक्राउ पुर्जी जारी भए पछि मात्रै उनको चेत खुलेको छ ।

व्यवसायी पोख्रेल चन्द्रौटा स्थित प्रतिष्ठित व्यवसायी केन्द्र ओम ईलेक्टिेनिक्सका संचालक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here