लपु महानगरपालिका प्रमुख सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न पुगे अस्पताल

129

ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

गत वैशाखमा १ सय ३ वर्षमा प्रवेश गरेका जोशीको स्वास्थ्यमा समस्या देखा परेपछि ६ दिन ग्वार्खोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भएको छ , आज टेस्ट गर्न पठाएको रगतको रिपोर्ट ठीक आए दुई दिनपछि घर पठाउँछौं,’ अस्पतालकी नर्स सनम चौधरीले जानकारी दिइन् । डेंगीबाट संक्रमित जोशीको पिसाबमा संक्रमण र दम बढेपछि अस्पताल ल्याइएको थियो ।

ललिपतुर महानगर प्रमुख चिरीबाबु महर्जन जोशीलाई राखिएको कोठाभित्र प्रवेश गर्ने बित्तिकै जोशीले नमस्कार गर्दै केही बेर कुरा गरेका थिए । वाङमय शताब्दी पुरुष जोशीले नगरप्रमुख महर्जनसँग भने, ‘कला, संस्कृतिको क्षेत्रमा राष्ट्रका लागि मैले गरेको काममा तपाईंले सहयोग गरेपछि थप उचाई पायो, अब राष्ट्रको यी सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी तपाईँको ।’ महर्जनले शताब्दी पुरुष जोशीलाई मलेसियामा भएको सिटीनेटको अधिवेशनमा आफू कार्यसमितिमा निर्वाचित भएको कुरा सुनाउँदा सत्यमोहन उत्साहित देखिन्थे ।

ललितपुर महानगरले जोशीको दैनिक सहज बनाउन सवारीसाधन, ड्राइभर, सुरक्षाकर्मीको व्यवस्था पाँच वर्षअघि गरेको थियो । महानगरले राष्ट्रका लागि योगदान पुर्‍याउने व्यक्तिलाई जीवन छँदा नै सम्मान गर्ने उद्देश्यसहित तीन वर्षअघि जोशी १ सय वर्षमा प्रवेश गरेको अवसरमा अभिनन्दन गरेको थियो । यसैगरी, जोशीको मुहार छापिएको हुलाक टिकट प्रकाशन र सिक्का निस्काशन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here