एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपाल थाइल्याण्डसँग पराजित

88

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो।

थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई र थानाक्रित जाम्पालीले एक गोल गरे। खेलको ३०औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए।

६५औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गरे भने ७८औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३-० गोलको जित दिलाए।
जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको छ।

छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ। आइतबार चाइनिज ताइपेसँग खेल्नेछ।

समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्।

छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्न पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here