स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

86

काठमाडौं। स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा परीक्षणका लागि गएकी छन् ।
शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या आएकी उनी आज शनिबार अस्पताल पुगेकाे उनका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए । ‘राष्ट्रपति ज्यु ज्वराे आएपछि परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जानुभएकाे छ’,उनले भने,’डाक्टरहरूले परीक्षण गरिरहेका छन् । अस्पतालमै बस्ने या फर्किने भन्नेबारे निर्णय जाँचपछि डाक्टरले दिने सल्लाह अनुसार हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here