सल्यानमा पहिरोमा परी दुई जनाको मृत्यु

46

सल्यान । सल्यानमा पहिरोमा परी दुई जनाको मृत्युभएको छ । जिल्लाको शारदा नगरपालिका –८ मार्के ओरगाउँका १२ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको छ । त्यस्तै, त्रिबेणी गाउँपालिका –२ गैह्रगिठीका माथिबाट झरेको ढुंगाले लागेर चन्द्रवहादुर पुनको मुत्यु भएको छ ।

हिजो बेलुका पहिरोमा परी हराइरहेका बिकको खोजतलास गर्ने क्रममा आज शनिबार बिहान नेपाली सेनाको टोलीले विकको शब फेला पारेको हो । घरबाट नाउला बजार जाँदैगर्दा बाटोमा आएको पहिरोमा पुरिएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

त्रिवेणी गाउँपालिका –२ गैरी गिठीमा खानेपानीको ट्याङकी सफा गर्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर त्रिवेणी गाउँपालिका –२ गैरागिठीका अन्दाजी ४४ वर्षीय चन्द्रबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आज दिउँसो पुन लगायत ६ जनाको टोली घरदेखि झन्डै २ किलोमिटर टाढा छहरेखोलामा रहेको खानेपानीको मुहान सफा गर्न गएको थियो । ढुंगा लागेर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । घटना स्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here