पहिराे झरेका कारण घाेराही-लमही सडक पुन:अवरुद्ध

63

काठमाडाैं । लगातार पहिराे झरेका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पहिराे हटाइएपछि खुलेकाे छ ।  हिजाे शुक्रबार बिहानदेखि पहिराेका कारण राेकिएका सवारीसाधन २४ घण्टापछि बल्ल गन्तव्य स्थानकाे लागि प्रस्थान गरेकाे इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।   

दाङ र कपिलवस्तु जिल्लाकाे ठाउँ ठाउँमा लेदाे सहितकाे झरेका कारण राजमार्ग अवरुद्ध भएको थियाे ।  यसैगरी, लमही घाेराही सडक फेरि अवरुद्ध भएको छ । मध्यरातमा पहिराे हटाएर खुलेकाे सडक बिहान फेरि लेदाे सहितकाे पहिराे झरेर अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

पहिराे हटाउने काम सुरु भएको छ । लगातार पानी पर्दा दाङकाे जनजीवन प्रभावित छ । तीन हजार बढि घर डुबानमा परेका थिए ।  घर डुबानमा पर्दा विस्थापित भएकाहरुलाइ सार्वजनिक भवन, विद्यालय, सामुदायिक वनकाे भवन, आफन्तकाे घरमा आश्रय लिएर बसेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here