आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता

85
?????????????????

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो ।

उनका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइनेसहित बाजागाजा, झाँकी लैजान गरिएको निषेधमा दलहरुबाट पालना गर्न प्रतिबद्धता आएको छ ।

“प्रतिनिधिसभाअन्तर्गत दुई र प्रदेससभाअन्तर्गत चारवटै निर्वाचन क्षेत्रको मनोनयन दर्ताका लागि नुवाकोटमा आवश्यक तयारी पूरा भएको छ”, उनले भने “राजनीतिक दलहरुसहित सरोकारवाला पक्षहरुबाट आचारसंहिता पालना गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जनाएको ऐक्यबद्धताले हौसला बढेको छ ।”

बैठकमा सहभागी नेकपा (एमाले)का अरुणकुमार श्रेष्ठ, नेपाली कांग्रेसका राजु थापा, नेकपा ९माओवादी केन्द्र०का बिमला सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपेश पाण्डेसहित जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा सूचीकृत भएका विभिन्न २९ राजनीतक दलका प्रतिनिधिले उम्मेदवारी दर्ताको समयदेखि आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका छन् ।

यही असोज १२ गतेदेखि कार्यान्वयनमा आएको निर्वाचन आचारसंहितामा अघिल्ला निर्वाचनको भन्दा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा प्रचारप्रसारका क्रममा बढीमा १० वटा झन्डा प्रयोग गर्न पाइने, राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने, मतदानको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने, उम्मेदवारले सम्पत्ति विवरण र वैयक्तिक विवरण (बायोडाटा) फाराम बुझाउनुपर्ने, २५ जनाभन्दा बढी भेला भएर मनोनयनपत्र पेस गर्न र प्रचारका क्रममा मतदाताको घरदैलोमा जान नपाइनेलगायतका व्यवस्था थप गरिएको छ ।

उक्त व्यवस्था पालना गर्न जिल्लाका राजनीतिक दलहरुबाट सामूहिक प्रतिबद्धता आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here