काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्।
गत प्रतिनिधिसभा निर्वाचनमा पोखरेल काठमाडौं-५ बाटै निर्वाचित भएका थिए।
काठमाडौं-५ बाटनै प्रतिनिधिसभा सदस्यका लागि नेतृ रन्जु दर्शनाले मनोनयन दर्ता गराएकी छन्। स्वतन्त्र उम्मेदवारको रुपमा रन्जुले उम्मेदवारी दिएकी हुन्। यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट प्रदीप पौडेल भिड्ने पक्का भएकाे छ ।

















