काठमाडौंका अधिकांश क्षेत्रमा माओवादी कमजोर

83

काठमाडौं । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ ।

त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखे पनि उम्मेदवारी दिएकी छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो । प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकभन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् । ‘हामीले गठबन्धन तोडिसक्यौं’, उनले थप्दै भनिन्, ‘स्वच्छ प्रतिस्पर्धा गर्ने, कहिलेकाहीँ यसरी प्रतिस्पर्धा गर्दा पनि रमाइलो हुन्छ ।’

अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।

काठमाडौंका अधिकांश क्षेत्रमा माओवादी कमजोर रहेको छ । काठमाडौंका निर्वाचन क्षेत्रमध्य बढी मत पाएको भनेको क्षेत्र नं. १० मात्रै हो । २०७४ सालमा समानुपातिक पद्धतितर्फ माओवादीले ७ हजार ७६६ मत पाएको थियो । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीका वडाध्यक्षका उम्मेदवारले ७ हजार २६९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here